बाढी-पहिरोबारे 'हाइ अलर्ट'मा रहेर काम गर्न देशभरका प्रहरी युनिटमा सर्कुलर

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनलगत्तै नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका ७७ वटै जिल्ला तथा मातहतका प्रहरी युनिटलाई विपद् व्यवस्थापन, खोज तथा उद्धारलगायत कार्यमा चुस्तरुपमा लाग्न सर्कुलर पठाएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बिहान प्रधानमन्त्रीबाट निर्देशन आए लगत्तै मातहतका सबै युनिटहरुमा सर्कुलर जारी गरेको जानकारी दिए। उनका अनुसार विभिन्न जिल्लामा बाढीपहिरोले धनजनको क्षति भएको र केही मानिस बेपत्ता भएको जानकारी आएको बताउँदै प्रभावित क्ष