बागलुङ : बागलुङका द्वन्द्व पीडितहरूले आफूहरूले अझै न्याय नपाएको गुनासो गरेका छन्। वर्षौँदेखि आफन्तको न्याय लागि लड्दा लड्दै भएको जायजेथासमेत सकिएको गुनासो गर्न थालेका छन्। सशस्त्र द्वन्द्वका समयमा बेपत्ता परेका, मरेका तथा मारिएका आफन्तको अहिलेसम्म सरकारले कुनै पनि जानकारी दिन नसकेको भन्दै उनीहरू सरकारसँग असन्तुष्ट बनेका हुन्। द्वन्द्व पीडित सचिनान्द विकले लामो समयदेखि न्यायका लागि लडे पनि राज्यपक्षबाट आफूहरूलाई कुनै सहयोग नभएको बिलौना पोखे। उनले भने, ‘हामीले न्याय कहिले पाउन