मास्क नलगाउनेमाथि प्रहरीले कारबाही थाल्यो (तस्बिरहरु)

प्रहरीले मास्क नलगाइ हिँड्नेहरुमाथि कारबाही थालेको छ । उपत्यकाका विभिन्न स्थानमा प्रहरीले मास्क नलगाइ हिँड्नेलाई नियन्त्रणमा लिइ होल्ड गर्ने गरेको छ । उनीहरुलाई होल्डमा राखेर कोरोनाको बढ्दो महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेबारे सम्झाइ बुझाइ गरेर छाड्ने गरेको छ । प्रहरीले केही दिनयता मास्क लगाएर हिँड्न आग्रह गर्दै अभियान नै चलाउँदै आएकाे छ । मास्क नलगाइ हिँड्ने र प्रहरी अभियानका क्रममा तस्बिरहरु हेर्नुहोस्ः