भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत ४३९ जना अझै सम्पर्कविहीन रहेको आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बाढी आएको समयमा आयोजना क्षेत्रमा प्रवर्द्धक कम्पनीसहित परामर्शदाता, निर्माण व्यवसायी तथा उपठेकेदार कम्पनीमा नेपाली, कोरियाली, चिनियाँ, भारतीयलगायत विभिन्न मुलुकका करिब १ हजार […]