गिरी र वली मुख्य प्रतिस्पर्धी

दाङ–३ मा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । यहाँ सत्ता गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी पाँचौंपटक चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धीमा एमाले केन्द्रीय सदस्य कोमल वली छिन् । उनी पहिलोपटक निर्वाचनमा उठेकी हुन् । चुनावको लामो अनुभव सँगालेका गिरी र पहिलोपटक चुनावी मैदानमा आएकी वलीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।