काठमाडौं (अस) । सीजी मोटोकर्पले नयाँ वर्षको अवसरमा ‘सुजुकी ह्याप्पी न्यू कार’ योजना सर्वजनिक गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले उक्त योजना ल्याएको हो ।
योजना अन्तर्गत ग्राहकले २ लाख रुपैयाँसम्म छूट पाउनेछन् । १ लाख २५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा तथा स्क्य्राच कार्ड मार्फत ७५ हजार छूट पाउने कम्पनीले बताएको छ । नेपालभर रहेका सुजुकी गाडीका ३८ ओटै शोरूमबाट उक्त छूट पाउन सकिनेछ ।
सुजुकीका विभिन्न मोडेलका कार अनुसार छूट पनि फरक फरक रहेको कम्पनीको भनाइ छ । सुजुकी ब्रान्डले नेपालमा एस्प्रेसो, वागेन आर, सेलेरिओ, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्सएल सिक्स, इको, इको कार्गो, सुपर क्यारी लगायत गाडी विक्री गर्दै आएको छ ।