मतदानस्थलमा प्रहरी र सीके राउतका कार्यकर्ताबीच झडप

काठमाडौं : मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि मतदान भइरहेको स्थल नजिकै सीके रावत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।जनकपुरधाममा मतदान स्थलतर्फ अघि बढेको जुलुस रोक्न खोज्दा जनकपुरको तिरहुतिया गाछीमा झडप भएको प्रहरीले जनाएको छ। सिके राउतका कार्यकर्ता मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ।अहिले प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन्।

सम्बन्धित सामग्री

सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ८ सुरक्षाकर्मी सहित १६ जना घाइते

काठमाडौँ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ९८ गोदार चोकमा सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरी र राउत कार्यकर्ताबीच झडप भएको हो । झडपमा प्रहरी ७ जना प्रहरी र एक सशस्त्र प्रहरीसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राउतका ८ जना कार्यकर्ताहरू घाइते भएका छन् […]

सिके राउतका कार्यकर्ता र प्रहरीबीच धनुषामा झडप, ८ सुरक्षाकर्मीसहित १३ जना

जनकपुरधाम- डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच द्विपक्षीय झडप भएको छ । झडपमा परेर पाँच आन्दोलनकारी र आठ प्रहरी जवान घाइते भएका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा आन्दोलनकारीहरुले राजमार्ग अवरुद्ध गरेपछि त्यसलाई खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपमा घाइते भएकाहरुको नाम अहिले […]

सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप, गोदार चोक तनावग्रस्त

धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ गोदार चोकमा सीके राउत कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरी र राउत कार्यकर्ताबीच झडप भएको हो ।