काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । नाबालिग बलात्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश घिमिरेको इजलासले आ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज शुक्रबार पनि थुनछेक बहस हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बिहीबार पनि थुनछेक बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । सन्दीपविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका थिए । […]
नाबालिग बलात्कारको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेको बयान काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा जारी छ । बिहान ११:३० बजेदेखि सुरु भएको बयान समाचार तयार पार्दासम्म जारी छ । १७ वर्षकी किशोरीलाई होटलमा पुराएर जबरजस्ती करणी गरेको कसुरमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने गत असोज २० गते पक्राउ परेका थिए । गत भदौ ६ गतेको बिहान पिंगलास्थानमा रहेको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै किशोरीले भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी दि