मोड्रिचद्धारा रियल म्याड्रिडमा सम्झौता नविकरण

एजेन्सी – क्रोएसियाली भेट्रान मिडफिल्डर लुका मोड्रिचले स्पेनिस महारथी रियल म्याड्रिडमा सम्झौता नविकरण गरेका छन् । मोड्रिचले रियलसँग थप एक वर्षको सम्झौता नविकरण गरेको हो । योसँगै मोड्रिच सन् २०२३ को ३० जुनसम्म सान्टियागो बर्नबेउमा रहनेछ । म्याड्रिडमा मोड्रिचको सम्झौता यसै महिनाको अन्त्यसम्म रहेको थियो । मोड्रिचको नयाँ सम्झौताको पुष्टि गर्दै रियलले आफ्नो मिडफिल्डको ट्रिओलाई […]

सम्बन्धित सामग्री

‘रियल म्याड्रिडको ढोका बन्द भएको छैन’ – एमबाप्पे

एजेन्सी – फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले दुई पटकको प्रस्ताव नकारेपनि स्पेनिस क्लब रियल म्याड्रिड जाने ढोका बन्द नरहेको बताएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) मा थप तीन वर्षको सम्झौता नविकरण गर्दै २३ वर्षीय एमबाप्पेले रियल म्याड्रिडलाई आश्चर्यमा पारेका थिए । आफु पिएसजीमै रहने घोषण गर्नुअघि एमबाप्पेले रियलसँग मौखिक सहमति गरिसकेको बताइएको थियो । […]

बेलले रियल म्याड्रिड छाड्ने

एजेन्सी – वेल्सका फरवार्ड ग्यरेथ बेलले यो सिजनको अन्त्यसँगै स्पेनिस क्लब रियल म्याड्रिड छाड्ने भएका छन् ।बेलको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । रियलले बेलको सम्झौता नविकरण नगर्ने बताइसकेको छ । रियलमा विरलै अवसर पाएका ३२ वर्षीय बेलको पनि रियलमा बस्ने योजना रहेको छैन । एजेन्ट जोनाथन बार्नेटले पनि बेलले रियल छाड्ने पुष्टि गरेका छन् […]

एमबाप्पेको सम्भावित स्थानान्तरण अन्तिम मोडमा

एजेन्सी – फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेको भविष्यबारेको निर्णय अन्तिम मोडमा प्रवेश गरेको छ । त्यहाँ स्पेनिस क्लब रियल म्याड्रिड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच केही तिक्तता छैन । यद्दपि पिएसजीले एमबाप्पेलाई सम्झौता नविकरण गर्न दवाव जारी राखेको छ । एमबाप्पे रियल म्याड्रिड जाने चर्चा चलिरहेका बेला उनको परिवार म्याड्रिड जाने भएको […]

पोग्बा अर्को सिजन रियल म्याड्रिड जाने सम्भावना

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रान्सेली मिडफिल्डर पल पोग्बाले म्यानचेस्टर युनाइटेडमा सम्झौता नविकरण नगरेपछि स्पेनिस क्लब रियल म्याड्रिड जाने सम्भावना बढेको छ । सिजनको अन्त्यसँगै फ्रि एजेन्ट बन्ने पोग्बा अर्काे समरमा ओल्ड ट्राफोर्ड छाड्दै रियलमा जाने सम्भावना बढेको हो । म्यानचेस्टरमा पोग्वाको सम्झौता यो सिजनको अन्त्यसँगै अर्थात आगमी ३० जुनमा सकिँदैछ । फ्रान्सेली मिडफिल्डर पछिल्लो दुई वर्षयता […]

कोपा डि फ्रान्सको उपाधि पिएसजीलाई

मोनाकोलाई २–० ले हराउँदै पेरिस सेन्ट जर्माइन (पिएसजी) ले कोपा डि फ्रान्सको उपाधि जितेको छ । बुधबार फाइनलमा पिएसजीका लागि माउरो इकार्डी  कालियन एमबाप्पेले एक एक गोल गरे । इकार्डीले १९ औं मिनेटमा गोल गरेका थिए भने दोस्रो हाफमा एमबाप्पेले अर्को गोल थपे । यस सिजन एमबाप्पे अन्य क्लबमा जानसक्ने चर्चा पनि चलिरहेको छ । नेइमारले यसै महिनाको सुरुवातमा क्लबसँग सम्झौता लम्ब्याउने निर्णय लिएका थिए । तर एमबाप्पेले अहिलेसम्म क्लबसँग्को सम्झौता नविकरण गरेका छैनन् । रियल म्याड्रिड र म्यानचेस