बिस्का जात्राको अवसरमा सद्‌भाव र्‍याली

ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै आइतबार सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम आयोजना गरिएको छ । भक्तपुर नगरपालिकाले आयोजना गरेको एउटा सद्भाव र्‍याली दत्तात्रयबाट सुरु भएर गोल्मढी, सुकुलढोका हुँदै टौमढी पुगेको थियो भने दूधपाटीबाट सुरु भएको अर्को र्‍याली भार्वाचो, टेखापुखु, नासमना, बुलुँचाहुँदै टौमढी पुगेर सभामा परिणत भएको थियो ।

सम्बन्धित सामग्री

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली

तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै आज भक्तपुरमा सद्भाव र्‍याली आयोजना गरिएको छ।

बिस्केट जात्रा शान्तिपूर्ण रूपमा मनाउन आह्वान गर्दै सद्‍भाव र्‍याली

भक्तपुर – भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा (बिस्केट जात्रा) शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै आइतबार बिहान सद्‍भाव र्‍याली तथा जनचेतना कार्यक्रम गरिएको छ । कार्यक्रममा भक्तपुर नगरपालिका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विद्यालय, कलेज, टीम क्लब खेलकुद समिति, सुरक्षाकर्मी, प्रहरी, रेडक्रस, स्काउट, सांस्कृतिक समूह,  स्थानीयलगायतको उपस्थिति थियो । सचेतना कार्यक्रमपछि टौमढीमा […]