पिएनजीको सर्वाधिक स्कोर, नेपाललाई २९३ रनको लक्ष्य

काठमाडौं : नेपाल भ्रमणमा आएको पपुवा न्युगिनि (पिएनजी)ले पहिलो एकदिवसीय खेलमा घरेलु टोली नेपाललाई अहिलेसम्मकै सर्वाधिक २ सय ९३ रनको उच्च विजयी लक्ष्य दिएको छ।नेपालले यसअघि सर्वाधिक धेरै रनका रुपमा युएईले २०१९ मा दुबईमा २ सय ५४ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपाले ४४.४ ओभरमा पूरा गर्दै २ सय ५५ रन बनाएको थियो।  टियू मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको पिएनजीले उसको एकदिवसीय करिअरकै सर्वाधिक स्कोर तयार गरेको हो। उसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन जोडेको