प्रेम शाही प्रकरण : जंगीअड्डाको निर्णय रक्षा मन्त्रालयबाट कसरी उल्टियो ?

१८ माघ, काठमाडौं । झण्डै एक महिनादेखि जंगीअड्डाभित्र थुनामा राखिएका नेपाली सेनाका उपरथी प्रेम शाहीको जन्ममितिबारे विवाद पाँच वर्षअघि नै सेनाले टुंग्याएको पाइएको छ । तर, तत्कालीन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जंगीअड्डाको निर्णयलाई अस्वीकार गरेको भेटिएको छ । त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले शाहीको जन्ममिति २२ पुस २०२३ कायम गर्न भन्दै रक्षा मन्त्रालयलाई सिफारिस गरेका […]