धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले त्रिनगर भन्सार नाकामा स्थायी प्लान्ट क्वारेन्टिन कार्यालय सञ्चालन गर्न पहल गर्ने भएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले बन्द भएको प्लान्ट क्वारेन्टिन टुरमुकाम कार्यालयको संयुक्त निरीक्षण गरी सो विषयमा पहल गर्ने बताएका हुन् । त्रिनगर नाकामा रहेको दुई महिनादेखि […]