नारायणी नदीमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का २७ वर्षीय रञ्जन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।