कुनै दलको पुच्छर नबनी, गुण र दोषको आधारमा समर्थन वा विरोध गरिन्छ– अध्यक्ष लोहनी

बुधबार ट्वीट गर्दै अध्यक्ष लोहनीले आफूहरू कुनै दलको पुच्छर भएर नजाने बताउनुभएको हो । ‘राप्रपा प्रजातन्त्रमा दलहरू बलियो हुनुपर्छ भन्ने मान्यता राख्दछ,’ उहाँले लेख्नुभएको छ, ‘तर, राप्रपा कुनै पनि दलको पुच्छर भएर जाँदैन ।’

सम्बन्धित सामग्री

गुण र दोष केलाएर विपक्षीको भूमिका निर्वाह गर्छौं : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गुण र दोषका आधारमा विश्लेषण गरेर सरकारलाई विरोध र समर्थन गर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा सभापति देउवाले संसद्मा कांग्रेसले आफू प्रतिपक्षी दलको रुपमा रहने निर्णय गरेको सुनाउँदै विरोधका लागि विरोध मात्रै नगरेर अवस्थाअनुसार समर्थन र विरोध गर्ने बताए ।

कुनै दलको पुच्छर नबनी गुण र दोषको आधारमा संसदमा समर्थन र विरोध गर्छौं : लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कुनै दलको पुच्छर नबनी, गुण र दोषको आधारमा राप्रपाले संसदमा समर्थन वा विरोध गर्ने जनाएका छन् । ‘राप्रपा प्रजातन्त्रमा दलहरु बलियो हुनु पर्छ...