जडीबुटीका लागि उर्वर भूमि बन्दै बैतडी

विभिन्न जडीबुटीका लागि यो जिल्ला उर्वर भूमिका रूपमा परिचित रहेको छ । एक वर्ष अवधिमा चार लाख किलो जडीबुटी निकासा भएको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा तेजपत्ता, सिमजडी, चुत्रो, सुगन्धवाल, अमला, रिट्ठा, हर्रोबर्रोलगायतका एक दर्जन जडीबुटी निकासी हुँदा १६ लाख ७१ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।