काठमाडौँ - दाङ-१ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् । सम्पन्न मतगणनामा सहरी विकासमन्त्री रहेका चौधरी २६ हजार ५ सय ६३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ता चौधरी रहिन् । उनले २१ हजार ४ सय ७९ मत प्राप्त गरेकी छिन् । दुवै बीचको मतान्तर ५ हजार ८४ मतक...