काठमाडौं : आईसीसी विश्वकप क्रिकेटमा नेदरल्यान्डस अस्ट्रेलियासँग ३०९ रनको लज्जास्पद हार ब्यहोरेको छ। अष्ट्रेलियाले ५० ओभरमा आठ विकेट गुमाएर ३९९ रन बनाएपछि नेदरल्यान्ड्सले ४०० रनको लक्ष्य पाएको हो। वान डे विश्वकपमा रनको आधारमा अस्ट्रेलियाको यो सबैभन्दा ठूलो अन्तरको जित हो।दिल्लीस्थित अरुण जेट्ली रंगशालामा टस जितर ब्याटिङ गरेको अस्ट्रेलियाले सानदार सुरुवात गरेको थियो। ओपनर मिचेल मार्श ९ रन बनाएर लोगान भ्यान बेकको बलमा क्याच आउट भए। तर दोस्रो विकेटका लागि डेभिड वार्नर र स्टीभन स्मिथल