वन नर्सरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह

गण्डकी, २७ साउन । वन क्षेत्रको विस्तारसँगै विकास गर्ने लक्ष्यका साथ पोखरा महानगरपालिका–३० खुदीमा वन नर्सरी स्थापना गरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह जागेको छ । लेखनाथ सबडिभिजन वन कार्यालयद्वारा यसै वर्षदेखि सञ्चालित वन नर्सरीले यहाँका स्थानीयवासीमा केही गर्नुपर्छ भन्ने आशा जगाएपछि विभिन्न सङ्घसंस्था एवं स्थानीय बासिन्दाको सक्रियतामा सार्वजनिक तथा निजी जग्गामा वृक्षरोपण अभियान सञ्चालन गरिएको […]