युक्रेनसँग वार्तामा सहमति जुट्दै : रूसी विदेशमन्त्री

मस्को : रूसी विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार युक्रेनसँग केही सम्झौतामा सहमति हुन थालेको बताएका छन्। उनले युक्रेनको 'तटस्थ स्थिति'लाई गम्भीर रूपमा विचार गरिरहेको बताए।युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि रूसले 'अधिक यथार्थपरक' माग गरिरहेका वेला लाभरोभको यस्तो भनाइ आएको हो। जेलेन्स्कीले आफ्नो देश अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोमा सामेल नहुने स्पष्ट संकेत पारेका छन्।रूसी विदेशमन्त्रीले युक्रेनसँग रूसलाई खतरा उत्पन्न हुने हतियार हुन नहुने बताए। 'युक्रेनसँग रूसल