लेबनानको राजधानी बेरूतस्थित बन्दरगाह नजिकै ठूलो विस्फोट भएको बीबीसीले जनाएको छ।
तेल र टायर भण्डार गरि राखेको स्थानमा आगो सल्किँदा विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो नियन्त्रणमा लिनका लागि धेरै संख्यामा अग्निनियन्त्रकहरु परिचालन गरिएको छ। यस्तै हेलिकप्टरहरु पनि प्रयोग गरिएको छ।
बेरूतमा नै शक्तिशाली विस्फोट भएको करिब एक महिनापछि उक्त आगलागी भएको हो।