अर्थतन्त्र बलियो बनाउन हस्तकलाको उल्लेखनीय योगदान : उद्योगमन्त्री रिजाल

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निर्यात प्रवर्धन र आयात प्रतिस्थापन गरी मजबुत राष्ट्रिय अर्थतन्त्र बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनीय रहेको बताएका छन्।बिहीवार काठमाडौँमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै उद्योगमन्त्री रिजालले यस्तो बताएका हुन्। उनले हस्तकला व्यवसायीलाई सरकार सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।मन्त्री रिजालले हस्तकलाका वस्तुले अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान र गरिमालाई उच्च राख्ने काम गरेको बताए। उन