प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य (बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) सम्मेलनमा भाग लिई बिहीबार स्वदेश फर्कँदै छन् ।
यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन प्रस्थान गरेका थिए। प्रधानमन्त्री नेतृत्वको टोली आज स्थानीय समय दिउँसो १.५५ बजे इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै आज बिहान काडमाडौँ आइपुग्नेछ ।
स्वदेश फर्कनुअघि आज प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रो...