सिरहा—धनुषा—सप्तरी खण्डमा करिब ९० प्रतिशत हुलाकी सडक कालोपत्र भएको छ । यसको अन्तिम चरणको काम भने बाँकी छ । सडक बनेसँगै सडक क्षेत्रको जग्गाको मूल्य बढेको छ । घनाबस्ती हुँदै गएको यस क्षेत्रमा हुलाकी सडकलाई मधेसको लाइफलाईन मानिन्छ । कमला नदी र सिरहामा पर्ने गागनलगायत केही खोलामा पुल निर्माणको काम पूरा नहुँदा तीनटै जिल्लाका ग्रामीण क्षेत्र विकासमा पछि परेको छ । पुल बन्यो भने राजविराजबाट —सिरहा हुँदै सीधा धार्मिक महत्व बोकेको सहर जनकपुरधामसम्म सवारी सञ्चालन हुनेछ । हुलाकी