काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार जनालाई नियन्त्रणमा लिएको छ । एपीएफ इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले आज २९६ दशमलव ७५ ग्राम खैरो हेरोइन, २२० चक्की ट्रामाडोल र १३० नाइट्रोभेट क्याप्सुलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । नागपोखरीका ४३ वर्षीय प्रभात तिवारी, बल्खुका भूपेन्द्र श्रेष्ठ, सर्लाहीको मलङ्गवाका सुजन रायमाझी र ललितपुरको बागडोलका ५१ […]