पहिरोले नारायणगढ - मुग्लिन सडक अवरुद्ध

मुग्लिन : वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। बिहीवार बिहानैदेखि पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको अधिकारीले बताए। पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध…