सल्यानका दर्जनभन्दा बढी पसल र घरमा चोरी

सल्यान : सल्यानमा दर्जन बढी पसल, घर र विद्यालयमा चोरी भएको छ।जिल्लाको छत्रेश्वरी गाउँपालिका–१ दमाचौर बजारका ८ पसल, घर र विद्यालयमा शुक्रबार राति अज्ञात समूहले एकैसाथ चोरी गरेको हो।दसैंको बेलामा घर तथा पसलमा कोही नभएको र सबै टीका तथा खानपानमा व्यस्त भएको मौका छोपी अज्ञात समूहले चोरी भएको प्रहरीले जनाएको छ।पसल तथा घरमा लगाएको ताला फोडी अज्ञात समूहले ३ लाख ११ हजार बराबरको नगद ,सुनका गहना, रिचार्ज कार्डलगायत अन्य सामग्री चोरेर लगेका छन्।चोरले दमाचौर बजारका चूडामणि बस्नेतको

सम्बन्धित सामग्री

एकै रातमा गाउँभरि चोरी

स्याङ्जाको आँधिखोला गाउँपालिका १ को प्रसिद्ध ग्रामीण पर्यटकीय गाउँ सिरुबारीसहित विभिन्न गाउँमा गएराति श्रृंखलाबद्ध रुपमा चोरी भएको छ । वडा कार्यालय, बैंक, सहकारी, गुम्बा, डिपार्टमेन्टल स्टोर्स, अन्य ७ वटा पसल र केही घरमा चोरी भएको हो । वडाका माझकटेरी राजस्वाँरा, पञ्चमूल, सिरुबारी र धारु गाउँमा चोरी भएको वडाध्यक्ष पवनकाजी अधिकारीले बताए ।

रक्सी खाने पैसा नभएपछि आफ्नै घरमा चोरी गर्ने तीन पक्राउ

सल्यान : मादक पदार्थ सेवन गर्ने पैसा नभएपछि सल्यानमा आफ्नै घरमा चोरी गर्ने तीन जना पक्राउ परेका छन्। दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा  दार्मा गाउँपालिका-२ मेलटाकुरीका २८ वर्षीय लाल बहादुर सुनार, बनगाड कुपिण्डे नगरपालिका-५ को २७ वर्षीय मेघराज साहु र चोरीका गरगहना किन्ने सिद्ध कुमाख गाउँपालिका-३ ढोरचौरमा सुन पसल गर्दै आइरहेका ३० वर्षीय वीर बहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।सुनारले ६ आनाका सुनका कानमा लगा

दाेलखाकाे भीमेश्वर नगरपालिका-७ मा एकैरातमा ८ स्थानमा चोरी

दाेलखा - भीमेश्वर नगरपालिका वडा नम्बर-७ मा एकैरातमा तामाङ गुम्बासहित ८ स्थानमा चोरी भएको छ ।  जिल्लाकोे मकैबारी भन्ने ठाउँमा रहेकाे मप्चि तामाङ गुम्बासहित स्थानीयको पसल तथा घरमा चोरी भएको हो । दोलखा प्रहरीका अनुसार मप्चि तामाङ गुम्बामा रहेका २ वटा चन्दा बाकसको झण्डै १० हजार रुपैयाँ चोरी भएको छ । ...