टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड

काठमाडौं। टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड लागेको छ। वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ। त्यसैले टेकु अस्पतालमा भेला भएकाहरु पनि धेरैजसो विदेश जान लागेकाहरु छन्। कोरोना संक्रमणबाट जोगिन एकअर्काबीच दुरी कायम गर्नुपर्ने भए पनि नियम पालना भएको छैन। खोप लगाएको प्रमाणीकरण टेकु अस्पतालबाट मात्र हुने भएकाले प्रमाणपत्र लिन आउनेहरुले सास्ती बेहोर्दै आएका छन्।

सम्बन्धित सामग्री

कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेको भीड

कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि टेकु अस्पतालमा विदेश जाने युवाहरुको ठेलमठेल भीड लागेको छ । सुर्खेतका प्रेमप्रसाद कँडेलका अनुसार उनी बिहीबार बिहान २ बजेदेखि लाइन उभिएका हुन् । जोन्सन एन्ड जोन्सनको खोप लगाएका उनी साउदी जानको लागि खोप लगाएको प्रमाणिकरणका लागि टेकु आएको बताए । अस्पताल प्रशासनले बुधबारदेखि १८ वर्ष माथिकालाई जोन्सन एन्ड जोन्सनको खोप लगाउने भनेपछि खोप लगाउन आउनेको संख्या पनि धेरै र अव्यवस्थित हुनाले अहिले टेकु अस्पताल अस्तव्यस्त छ ।

कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेको भीड [तस्बिरहरु]