रोल्पामा श्रीमान्–श्रीमतीको हत्याः अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर बोलाइयो

दाङ – रोल्पामा श्रीमान्–श्रीमतीको शव फेला परेको छ। धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विनोद घिमिरेले जानकारी दिए। माडी गाउँपालिका–३ तालावाङमा श्रीमान/श्रीमतीको शव विभत्स अवस्थामा फेला परेको हो। रोल्पा परिवर्तन गाउँपालिका–२, राङसी घर भएका दुर्गाबहादुर पुन र उनकी श्रीमती पार्वती मृत अवस्थामा भेटिएको डिएसपी घिमिरेले बताए। […]