काठमाडौं: आसन्न स्थानीय तहको चुनावको सुरक्षामा खटिएका ४ म्यादी प्रहरीको मृत्यु भएको छ। दुई जनाको लडेर मृत्यु भएको हो। एक जना मृत भेटिएको र अर्काले भने आत्महत्या गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक विष्णुकुमार केसीले जानकारी दिए। यही वैशाख ३ गते घरबाट कार्यक्षेत्रमा फर्किने क्रममा नुवाकोटमा भीरबाट लडेर बेलकोटगढी नगरपालिका १२ सतारेका २६ वर्षीय योगेन्द्र न्यौपानेको मृत्यु भएको हो। यस्तै वैशाख ८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ६ मा खटिएका ४० वर्षीय