काठमाडौं : बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत् महसुल निर्धारणका लागि पेस गरेको प्रस्तावमाथि जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन्। विद्युत् नियमन आयोगद्वारा शुक्रबार आयोजित विद्युत् खरिद बिक्री निर्धारणसम्बन्धी सार्वजनिक सुनुवाइमा जनप्रतिनिधिले विद्युत् महसुल वृद्धि गर्न आवश्यक नरहेको भन्दै असन्तुष्टि जनाए। कार्यक्रममा गल्याङ नगरपालिकाका नगरप्रमुख गुरुप्रसाद भट्टराईले महसुल वृद्धि गर्न उपयुक्त समय नभएको बताए। उनले भने, ‘उत्पादन भएको विद्युतको सुविधा स