भारतले पुल नखोल्दा छोराले बुवालाई दिन पाएनन् दागबत्ती, महाकाली पारिबाटै हेरिरहे जलिरहेको चिता

काठमाडौं: दार्चुलाका शिक्षक कैलाशबहादुर चन्दको मंगलबार साँझ ५ बजे निधन भयो। हिमालय मावि हुतीका स्थायी शिक्षक रहेर रिटायर्ड भई कान्छी श्रीमतीसँग दार्चुलामा बस्दै आएका थिए चन्द। जेठी श्रीमती पारि भारतको पिथौरागढमा बस्छिन्। श्रीमानको निधनको खबर पाएसँगै जेठीले आफ्ना छोरालाई दाहसंस्कारमा सहभागी हुन दार्चुला पठाइन्। जेठी श्रीमतीका छोरा (नाम खुलेको छैन) बुवाको दाहसंस्कार…