महिला हिंसा र बलात्कारका घटनाको न्यूनिकरण गर्न तत्कालै विशेष योजना बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई महिला हिंसा र बलात्कारका घटनाको न्यूनिकरण गर्न तत्कालै विशेष योजना बनाउन निर्देशन दिएका छन्। बिहिबार गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर मन्त्री थापाले पछिल्लो समय बलात्कारका घटना बढेको भन्दै घृणित कार्य रोक्न विशेष योजना बनाउन आवश्यक रहेको सुझाएका हुन्।