आइडल सिरिजको फ्रेन्चाइज नेपालमा भित्रिएसँगै विवाद पनि भित्रिएको छ। नेपाल आइडलविरुद्ध परेको रिटमा सुनुवाई गर्दै काठमाडौँ जिल्ला अदालतले शुक्रबारसम्म भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। यसले बिहीबारको कार्यक्रममा पुनः भोट आह्वान गरी शुक्रबारको कार्यक्रममा एक जना प्रतिस्पर्धी बाहिरिने पूर्व निर्धारित फरम्याटमा कस्तो असर पर्ने हो, हेर्न बाँकी