स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष नितेश कुमार अग्रवालले सेयर बजार बढ्न नसक्नुमा बजारमा माग कमजोर हुनु, लगानीकर्ताको आत्मविश्वास घट्नु र पोस्ट–कोभिड अवधिपछि कम्पनीहरूको वित्तीय अवस्थामा आएको कमजोरी मुख्य कारण रहेको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अग्रवालले पछिल्लो समय पुँजी बजारमा देखिएको समस्या समाधानका लागि लगानीकर्ताको कन्फिडेन्स बढाउनु आवश्यक रहेको बताए। […]