धनगढी उडेको विमान एक यात्रुका कारण नेपालगञ्जमै अवतरण

काठमाडौँ – बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किम अवतरण गरिएको छ। धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो। नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो। विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ। नेपालगञ्जमा यात्रुलाई आफन्तको जिम्मा लगाइएको छ।

सम्बन्धित सामग्री

धनगढी उडेको विमान २० मिनेटमै आकस्मिक अवतरण

श्री एयरलाइन्सको विमान बुधबार त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । काठमाडौंबाट धनगढीका लागि उडान भरेको विमानको बायाँ इन्जिनमा समस्या आएपछि डाइभर्ट गरेर सुरक्षित अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुख प्रेमनाथ ठाकुरले बताए ।विमानमा ८७ जना यात्रु सवार थिए जसमा ७७ वयष्क, ३ बालबालिका, ३ अशक्त र ४ जना चालक दलका सदस्य रहेका थिए […]