उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आफु खरो रुपमा प्रस्तुत हुने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयनको सन्दर्भमा सम्बन्धित कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नुपर्ने सबै काम र सहयोग गर्ने बताउँदै अर्थमन्त्री पौडेलले आवश्यक जस्तो सुकै कदम र प्रयत्न गर्न आफु पछि नहट्ने बताए ।