राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।
महिलातर्फ नेपाली कांग्रेसकी कमला पन्त, अन्यमा माओवादी केन्द्रका सुरेश आलेमगर र दलिततर्फ माओवादीकै भुवन सुनार विजयी भएका हुन् ।
कांग्रेस महाधिवेशनमा सहमहामन्त्रीमा पराजित पन्त राष्ट्रियसभा निर्वाचनमा विजयी भइन् । उनले ३ हजार ४८ मतभार प्राप्त गर्दा एमालेका लीला थनेतले २ हजार ७२७ मत पाइन् ।
सुरेश आलेले ३ हजार ९६ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६९४ मत पाए ।
माओवादीकै भुवन सुनारले ३ हजार...