जुम्लाका स्थानीय तहले विद्यालय सञ्चालनको तयारी गरेका छन् । यहाँको हिमा गाउँपालिकाले विद्यालयमा पठनपाठन शुरु गरेको छ । गाउँपालिकाले यही भदौ १५ गतेबाट विद्यालय सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख शङ्कर धितालका अनुसार गाउँपालिकाको दुई क्षेत्रमा गरी ८२ विद्यार्थीको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएकाले कार्यतालिकाको बैठकको निर्णयअनुसार विद्यालय स्वास्थ मापदण्ड पालना गर्ने गरी गाउँपालिकाभित्रका सबै विद्यालय खुलाइएको शिक्षा शाखा प्रमुख धितालले बताए ।जिल्ला प्रशासन कार्यालय