ठाकुर राम क्याम्पसमा खानेपानी धारा निर्माणमा सहयोग

पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यस्वन्त यादवले वीरगन्जको ठाकुर राम बहुमुखी क्याम्पसलाई खानेपानीको धारा निर्माणमा सहयोग गरेका छन् । गाउँपालिका अध्यक्ष यादवले क्याम्पसमै पुगेर क्याम्पस प्रमुख डा. उमेश कुशवाहालाई धारा निर्माणाका लागि...

सम्बन्धित सामग्री

राजमार्गको अधिकार क्षेत्रभित्र संरचना निर्माणमा रोक

दमौली । मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड)ले पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डको दायाँबायाँ संरचना निर्माण तथा अन्य गतिविधि गर्न रोक लगाएको छ । मुग्लिङ–पोखरा राजमार्ग सुधार चरण एक योजनाअन्तर्गत आँबुखैरेनी जामुनेसम्मको सडकखण्डलाई चारदेखि ६ लेनसम्म विस्तार गर्न लागिएकाले उक्त खण्डको अधिकार क्षेत्रमा संरचना निर्माण गर्न रोक लगाइएको हो । राजमार्गको क्षेत्राधिकारभित्र केन्द्रदेखि २५/२५ मिटर दायाँबायाँ पर्नेगरी खेतीबाली, खाडल खन्ने वा कुलोकुलेसा निर्माण, खानेपानी, धारा निर्माण गर्ने, सडकसँग जोडिनेगरी प्रवेशमार्ग निर्माण गर्ने, किला तगारो गाड्ने, घरटहरा निर्माण गर्ने तथा कुनै किसिमका व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा रोक लगाइएको योजनाले बताएको छ । सूचनाको बेवास्ता गरी राजमार्ग क्षेत्रभित्र कसैले त्यस्ता क्रियाकलाप गरी क्षति भएमा योजना जिम्मेवार नहुने र कुनै पनि किसिमको क्षतिपूर्ति वा सहयोग उपलब्ध गराउन नसकिने योजना प्रमुख नरेन्द्र सुवेदीले बताए । योजनाले सडक विस्तारका लागि आँबुखैरेनीदेखि सडक आसपास खन्न शुरू गरिसकेको छ । राजमार्ग छेउछाउका रूख कटानको काम पनि शुरू भएको छ । सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार ७५० रूख हटाउनुपर्ने हुन्छ । योजनाले रूख काटेर वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । कास्की खण्डमा भने एक हजार दुई सय पचास रूख कटानका लागि विभागबाट स्वीकृति लिने प्रक्रियामा छ । ८० किलोमिटरमध्ये म्याग्दे गाउँपालिका–१ गुणादी क्षेत्रको आठ किलोमिटर दूरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम पनि सकिएको छ । २०२६ सालमा रेखांकन भएको उक्त सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । मुग्लिन–पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्ड ६ अर्ब २१ करोड ३१ लाखमा ठेक्का लागेको छ । चार लेनको बन्द सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । रासस