तमोर करिडोरले चीन र भारत जोड्दै

ताप्लेजुङमा निर्माणाधीन तमोर करिडोरले छिमेकी देश चीन र भारतलाई जोड्ने भएको छ । राष्ट्रिय गौरवको सडक आयोजनाका रूपमा रहेको निर्माणाधीन यस करिडोरले आगामी फागुन मसान्तसम्ममा चीन जोड्ने भएको हो । तमोर करिडोरको अन्तिम ट्र्याक (मार्ग) खोल्ने कार्य हाल जारी छ । अब ट्र्याक निर्माण हुन बाँकी रहेको तीन किलोमिटर दूरी सम्पन्न भएमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलालाई करिडोरले जोड्नेछ । ट्र्याकले ओलाङ्चुङगोला जोड्नासाथ यसअघि स्थानीयको पहलमा निर्माण गरिएको टिपताला–ओलाङ्चुङगोला सडकमा तमोर कोरिडोर जोडिनेछ । चीन र नेपालको उत्तरी सीमानाका टिपतालासम्म ट्रयाक जोडिनेबित्तिकै तमोर करिडोरमार्फत भारत र चीनलाई सडक सञ्जालले जोड्नेछ । यसरी भारत र चीनलाई सडक सञ्जालले जोड्ने निर्माणाधीन तमोर करिडोरको कार्य हाल निरन्तर भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

चुनावी नारामा चीन–नेपाल–भारत जोड्ने तमोर करिडोर

हरि लामिछाने र सन्तोष पुर्कुटी (रासस) ताप्लेजुङ, कात्तिक ६ – उत्तरी छिमेकी देश चीनको सिमाना टिपताला भञ्ज्याङदेखि विराटनगर रानीसम्मको २७५ किलोमि...