संविधान परिमार्जनको मागसहित प्रभु शाहको प्रचण्डलाई समर्थन

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए ।  बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे बेल्दै उनले सो प्रस्तावको समर्थन गरे ।  उनले भने, ‘केही संविधान परिमार्जन गर्नुपर्छ । मैले हरेक पटक प्रधानमन्त्रीलाई भनेको छु । मेरो समर्थन छ ।’