सदरमुकामस्थित ऐतिहासिक र पुरातात्विक महŒवको ‘इलाम दरबार’लाई संग्रहालयका रूपमा विकास गरिँदैछ। सय वर्षभन्दा पुरानो यो भवनबाट जिल्ला प्रशासन कार्यालय सरेपछि यहाँ ‘अरनिको सांस्कृतिक संग्रहालय’ स्थापना गर्न लागिएको हो। पुरातत्व विभागको सिफारिस र नेपाल सरकारको स्वीकृतिमा इलाम नगरपालिकाले संग्रहालयको पूर्वाधार तयार गर्दैछ। इलाम साहित्य, कला, संगीत प्रतिष्ठानमार्फत् पूर्वाधार निर्माणको काम धमाधम सञ्चालन भइरहेको छ।