काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले फोटो राखेर प्रचार सामग्री बनाएपछि निर्वाचन आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग स्पष्टीकरण मागेको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले घिसिङलाई स्पष्टीकरण दिन भनेको हो । आयोगले घिसिङसँग माओवादीको प्रचार सामग्रीमा फोटो सहमतिमा राखिएको हो वा होइन भनी सोधेको छ ।
"'तपाईंको समेत फोटो राखी नेकपा(माओवादी केन्द्र)को चुनावी पोस्टर...