काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकाे छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ३ गते मंगलबारका लागि संसद अधिवेशन बोलाउनुभएको हो । आइतबार बसेको मन्त्रिपरिषदले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । […]