काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यराति बिनापुर्जी नियन्त्रणमा लिइएको घटनाले संसदीय राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ। सरकारको यो कदमलाई ‘पञ्चायती निरंकुशताको पुनरावृत्ति’ भन्दै नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। राष्ट्रिय सभाको बैठकमा बोल्दै कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीको कारण र कानुनी आधारबारे प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल सदनमा उपस्थित भई स्पष्टीकरण […]