राष्ट्रिय मानवअधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई टुंगो लगाउन सरकारलाई १२ सुझाव दिएको छ । आइतबार पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष तपबहादुर मगरले १२ बुँदे सुझाव दिएका हुन् । अब गठन हुने आयोग स्वतन्त्र, सक्षम, सशक्त र पीडितमुखी हुनुपर्ने भन्दै मानवअधिकार आयोगले सत्यको खोज गरी शान्ति, सामाजिक सद्भाव र मेलमिलाप कायम गराउँदा पीडितको परिवारको पीडालाई सम्बोधन हुनुपर्नेमा जोड दिएको छ । आयोगका १२ सुझाव यसप्रकार छन् :(१) परिभाषा खण्डमा रहेका “मानव अधिकारको उल्लङ्घन” र “गम्