रणवीर सिंहको जन्मदिनमा करण जोहरले घोषणा गरे ‘रकी और रानी की प्रेम कहानी’

रणवीर सिंहको जन्मदिनमा करण जोहरले आफ्नो निर्देशनमा बन्ने फिल्मको घोषणा गरेका छन् ।  पाँच वर्षपछि निर्देशन गर्न लागेका करणले यो पटक लभस्टोरी चलचित्र लिएर आउँदै छन्, जसको नाम ‘रकी और रानी की प्रेम कहानी’ दिइएको छ ।  चलचित्रमा रणवीर सिंह र आलिया भट्टले मुख्य भूमिका निभाउने छन् ।  करणका अनुसार कथा इशिता मोइत्रा, शशांक खेतान र सुमीत रायले लेखेका हुन् । ‘यो लभस्टोरी हो तर, पारम्परिक प्रेमकहानी होइन । रकी र रानीले प्रचलित प्रेम कहानीहरूलाई पुनर्परिभाषित गर्दै नयाँ यात्रामा लैजाने छन् ।...

सम्बन्धित सामग्री

६९ औं फिल्मफेयर अवार्ड: आलिया र रणबिरले पाए उत्कृष्ट अभिनयकाे अवार्ड

६९ औं फिल्मफेयर फिल्म अवार्ड समाराेह आइतबार सम्पन्न भएकाे छ। गुजरातमा भएको यस अवार्ड समारोहमा आलिया भाटलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो। फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा अभिनय गरेबापत उनले यो अवार्ड पाएकी हुन्। रणवीर कपूरले फिल्म ‘एनिमल’ मा गरेको अभिनयका लागि उत्कृष्ट अभिनेताको अवार्ड पाए। ‘१२ औं फेल’ ले २०२३ को उत्कृष्ट […]

‘रकी और रानी की प्रेम कहानी’ ट्रेलर : विवाहमा पृष्ठभूमिले पार्ने अवरोधको कथा

काठमाडौं । आलिया भट्ट र रणवीर सिंह स्टारर फिल्म ‘रकी और रानी की प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मका दुई मुख्य पात्र रकी र रानीको केमेस्ट्री यो ट्रेलरको दर्शनीय पक्ष हो । ट्रेलरमा रणवीर आफ्नो रूपमा देखिएका छन् भने आलिया पनि सुन्दर देखिएकी छन् । करण जोहर निर्देशित यो फिल्ममा दुई असमान शैक्षिक […]