गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर(मुद्रास्फीति) ४.४० प्रतिशत कायम रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत वर्षको वैशाख महिनामा यस्तो मूल्य वृद्धिदर ७.४१ प्रतिशत थियो । गत पुस यता हरेक महिना औसत मूल्य वृद्धिदर घटिरहेको छ ।