धनकुटाका आठपहरिया बस्तीमा भित्रिँदैन दशैं

धनकुटा : नेपालीहरु घर आँगनमा दशैं भित्रिसकेको छ। दशैका लागि सबैले तयारी गरिसकेका छन्। तर, धनकुटा नगरपालिकामा मात्रै बसोबास रहेको आठपहरियालाई भने दशैंले छोएको छैन। उनीहरुले अहिलेसम्म दशैँ मनाएका छैनन। उनीहरुले दशैँलाई आफ्नो चाड नै नभएको बताउँछन।दशैंको सन्दर्भ आउनासाथ जंगबहादुर राणाको समयमा मारिएका आफ्ना पुर्खा दुई सांस्कृतिक शहीद रामलिहाङ र रिदामालाई उनीहरुले सम्झन्छन्। वि.सं. १९३३ सालमा दशैं नमान्दा रामलिहाङ र रिदामा आठपहरियालाई धनकुटामा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो। रामलिहाङ र रिदामा आठपहर